हरेक को समस्या भनेको नै यही छ कि मेरो कम्प्युटर ढिलो चल्यो स्लो भयो। के गरेर फास्ट गर्न मिल्छ ? मैले हरेकलाई भेट्दा आउने प्रश्न यही हुन्छ । हुनत मेरो धर्म पनि हुन्छ कि उनिहरुको कम्प्युटर छिटो चल्ने बनाउन सल्लाह दिनु तर उत्तर पनि उहाहरु बाट नै आउछ । “कि र्‍याम थप्नु पर्‍यो हो?” आज बिहान् बिहानै फोन आएको थियो यही समस्या को जबाफ खोज्दै । कम्प्युटर स्लो भयो बरु कती खर्च गर्नुपर्छ ?  काम नै गर्न पाईएन। के भएको हो? अब कम्प्युटर मा सबै भन्दा ठुलो र गर्हो प्रश्न नै यही लाग्छ मलाई । किन कि यसको शाही उत्तर शायद कोही होल जस्ले राम्रो सँग दिन सक्छ होला किन कि कस्तो लाइ फास्ट भन्ने र कस्तो लाई स्लो भन्ने? पहिलो कुर त कम्प्युटर मा र्‍याम थपेर छिटो चल्छ भन्ने कुर को खसै केही तुक छैन तर साधारण उत्तर भने चाँही हो। अब सोच्नुसन कम्प्युटर मा र्‍याम मात्र थपेर फास्ट हुने भय
Pentium I लाई Pentium IV किन बनाउनु पर्थ्यो र Intel(प्रोसेसर बनाउने कम्पनी) ले ? अनी तपाईं ले पनि किन नै पुरनो कम्प्युटर बेचेर नयाँ कम्प्युटर किन्न पर्‍यो र त्यसैमा र्‍याम थपे भई हाल्यो नि होइन र? तपाईं यो पढुन्जेल पनि यही सोच्नु भएको होल र्‍याम न थपी त कसरी कम्प्युटर फास्ट हुन्छ र । हो र्‍याम थप्नाले कम्प्युटर फास्ट हुँदै नहुने चाँही होइन तर त्यो थपेर फास्ट हुनको लागि तपाईंको कम्प्युटर स्लो हुनु मा र्‍याम कै करण ले स्लो भएको छ भने मात्र फास्ट हुन्छ नत्र भने तपाईंको १००० रूपैया भने पनि फस्छ। अब भन्नु होल त्यसो भय कसरी थाहापाउने नि र्‍याम थप्नु पर्ने छ कि छैन अथवा कम्प्युटर मा र्‍याम ले गर्द नै स्लो भएको हो कि होइन भनेरर? यसको लागि तपाईंले कम्प्युटर राम्रै चलाऊनु हुन्छ भने तपाईं को कम्प्युटर बाट त्यो पनि सजिलै जाँच्न मिल्छ । कसरी जाँच्ने त्यसको बारेमा केही बेर मा आउँला अहिले चाँही कम्प्युटर स्लो हुनु को कारण तिर नै जाउँ । पहिलो कुर तपाईंको कम्प्युटर स्लो छ कि फास्ट छ भन्नकोलगी तपाईंलाई यो थाहा हुनु पर्‍यो कि के गर्दा स्लो भई राखेको छ त्यसमा पनि कम्प्युटर किन्दा देखिकै स्लो हो कि पछी आएर स्लो भएको हो ? आनी त्यसमा ईन्टरनेट कतिको चलाऊनु हुन्छ अनी कुरा आउछ फेरी भाईरस को तपाईंको कम्प्युटर मा भाईरस होइन एन्टी भाईरस सफ्टवेर कस्तो हल्नुभएको छ १ मात्र छ कि अली तगडा बनाउन दुई तीन वटा हल्नु भएको छ ? किन कि धेरै मैले देख्ने गरेको छु दुई तीन वटा एन्टी भाईरस हालेर कम्प्युटर चलाऊने अनी सोध्यो भने एउटा ले राम्रो सँग काम नगर्ला भनेर दुइटा हलेको भन्छन् त्यस्ता एन्टी भाईरस सफ्टवेरहरु ले पनि कम्प्युटर स्लो गर्छ तर मैले यो भन्न चाँही भन्न खोजेको चाँही होइन कि एन्टी भाईरस सफ्टवेर नै न हाल्नुस भनेर। तर एउट हाल्नुस् र त्यसलाई समय समय मा अप्डेट गर्नु भय हुन्छ ।


त्यस्ता आन्य सफ्टवेर जुन तपाईंको कम्प्युटर खुल्ना साथ खुल्छ  तिनिहरुको पनि निकै ठुलो हात हुन्छ तपाईंको कम्प्युटर स्लो बनाउन मा । अब कम्प्युटरमा जोडीएको समान को कुर गरौ । कम्प्युटर स्लो हुनुमा धेरै त्यस्ता समान हुन्छन जस्ले कम्प्युटर स्लो गर्छ जसतैमा मदर बोर्ड, प्रोसेसर, हार्डडिस्क यहाँ सम्मा कि त्यस्लाई जोड्ने तार सम्मा। अझ गएर कम्प्युटर कूलिङ फ्यान (चिसो गर्ने पंखा) त्यो राम्रो सँग चली राखेको छैन भने पनि तपाईंको कम्प्युटर स्लो हुन्छ । अझ स्लो पर्नमा कती ठाउँ मा साथीहरुको पनि निकै ठुलो हात हुन्छ तपाईंको कम्प्युटर राम्रै चली राखेको हुन्छ अनी ल्याएर दिन्छन तपाईंलाई कम्प्युटर फास्ट गर्ने सफ्टवेर त्यस्ता सफ्टवेर कती त राम्रै हुन्छ तर धेरै जसोले चै तपाईंको कम्प्युटर छिटो होइन राम्रै सँग छिटो चलाई दिने हुन्छन । अब कुर गरौ न्यू रोड को जहाँ माईक्रोसफ्ट भन्दा पहिले विन्डोजको नयाँ नयाँ भर्सन निकल्ने ठाउँ जहाँ माईक्रोसफ्टले भर्खर मात्र सर्भिस प्यक( अपरेटिङ सिस्टमको अपडेट प्यक) ३ निकलेको छ न्यू रोड को सि.डि पाउने ठाउँ म अहिले जानु भयो भने सर्भिस प्यक -६ -७ पाउनु हुन्छ हो त्यस्तो प्रोग्राम ल्याएर हल्नु भयो भने पनि तपाईंको कम्प्युटर स्लो गर्ने औषधी हुन्छ । त्यस्तै गेमहरु ले पनि कम्प्युटर स्लो गर्न सक्छ अब यस्को मतलब यो होइन कि गेम नै नखेल्नु खेल्नुस तर राम्रो कम्पनी को गेम पनि त किन्न पाईन्छ नि । यसो गेम कम्प्युटर मा हल्नु भन्दा पहिले त्यस्ले के के डिभाइस कस्तो कस्तो हुनुपर्छ भनेर लेखेकोछ यसो त्योपनी त पढ्नुस ।

अब गफ धेरै भयो अब र्‍याम कसरी जच्ने त्यता तिर जाउ। कम्प्युटर खोल्नुस र साधारणतय चलाऊने प्रोग्रामहरु चलाऊनुस अझ यस्तो प्रोग्राम चलाऊनुस जसलाइ चलाउदा तपाईंलाइ कम्प्युटर स्लो भय जस्तो लाग्छ । केही बेर चलाऊनुस अनी कम्प्युटर बन्द नागरिकन ………………………………..
स्टार्ट मेनु मा क्लिक गर्नुस् ।
रन मा क्लिक गर्नुस् त्यह एउट बक्स खुल्छ त्यहा गएर 


 Taskmgr.exe टाईप गर्नुस् आनी ओके म क्लिक गर्नुस्

विन्डोज टास्क म्यानेजर भन्ने बक्स खुल्छ।

त्याहा हेर्नु भयो भने पर्फर्मेन्स भन्ने बटन देख्नुहुन्छ त्याह क्लिक गर्नुहोस् ।
अब मैले रातो घेरा लगएको ठाउँ तिर हेर्नुस त

त्यसमा Physical Memroy(K) यो तपाईंको र्‍यामको क्षमता देखाएको हो ।
Total -------- 981164 Kilobyte लगभग १ GB
Available ------ 462740 Kilobyte अझ प्रयोग हुन बाँकी
अब अरू छोडउ Commit Charge(K) मा हेर्नुहोस त्याँहा Peak कति दिएको छ त्यो र Total Physical Memory मा कुन बढि छ । यदि Commit Charge को Peak Value, Total Physical Memory भन्दा बढि छ भने र्‍याम थप्नु पर्ने बुझिन्छ तर Commit Charge को Peak Value कम छ भने तपाइको कम्प्युटरमा र्‍यामले गर्दा स्लो नभइ अन्य ले भन्ने बुझ्नुभय हुन्छ ।

अब अन्यसमस्याको समाधान लेख्दै गर्नेछु । यो लेख राम्रो लागे अथवा नलागेको कुरा बताउनुहुन्छ भन्ने अाशा छ।




यो वेबसाइटका आगामी पोस्टहरु तपाई को इमेल मा पाउन का लागि तल दिइएको खाली ठाउँ मा आफ्नु इमेल भर्नु होस् :




0 प्रतिक्रिया

Post a Comment

ब्लग पछ्याउने हरु :