के तपाईंलाई थाहा छ ? कम्प्युटरमा सबै भन्दा महत्वपूर्ण सामान के हुन्छ? त्यो भनेको कम्प्युटरको हार्डडिस्क हो किनकी त्यसमा रहेको डाटा यदी क्र्याश भय (विग्रेमा) न त किन्न नै पाईन्छ न त कसैसँग मागेर नै पाइने हुन्छ । यदी मनिटर बिग्रेमा किन्न पाईन्छ , CPU बिग्रेमा किन्न पाईन्छ तर तपाईंको कम्प्युटरको डाटा त किन्न पाइन्दैन।
त्यसैले यदी यो प्रश्न सोध्नुहुन्छ कि कम्प्युटर मा सबै भन्दा महत्त्वपूर्ण कुरा के होला ? त्यस्को उत्तर तपाईंको हार्डडिस्क मा भएको डाटा नै हो। आहिले हेर्ने हो भने डाटा नै एकदम आसुरक्षित देखिन्छ । धेरै जसो भाईरस डाटानै बिगारने किसीमको पाइन्छ । कम्प्युटरमा धेरै समस्या यतिकैपनी हार्डडिस्क ले नै दि राखेको हुन्छ । तर कुनै यस्तो प्रबिधि पनि छैन जस्ले राम्रो संग सस्तो तरीकाबाट हार्डडिस्कमा भएको डाटा बाचाउन सकियोस । हुन त पैसा खर्च गर्न सक्दा त धेरै यस्तो प्रविधि छ जस द्वारा डाटालाइ पुर्णरूपमा क्षतीभए पनि जस्ताको त्यसलै ल्याउन सकिन्छ तर त्यसकोलागि पहिलेनै केहि सावधानि अपनाउनु पर्छ । यहाँ पाच प्रकारको उपायहरु जस्ले डाटालाई यदी बिग्रेमा पुन प्रयोगमा ल्याउनमिल्ने छ त्यस्को बारेमा उल्लेख गर्दै छु ।
२) CD and DVD Writers/Re-Writers हालका दिनहरूमा CD/DVD सस्तो भएको ले यो पनि डाटा राख्नको
3. External Hard Drives यो बहिर बाट जोड्न मिल्ने हार्डडिस्क हो यसलाई पनि डाटा ब्याकअप डिभाइसको रुपमा प्रयोग गर्न सकिन्छ
4. Additional Hard Drives साधारण तरिक बाट छुट्टै हार्डडिस्क (मतलब अहिले जडित हार्डडिस्क सरह अर्को हार्डडिस्क) जोडेर पनि डाटा व्यकअप गरेर राख्न सकिन्छ । हुनत यसको बेफाइदा पनि त्यतिकै छ जस्तैमा यो सधै जोडिरखिने हुदा विग्रने साथै भाइरस सर्ने सम्भावना बढि देखिन्छ भने साधारण तरिका बाट यसमा रहेको फाइललाइ चलाउन मिल्ने भएकोले मेटिने सम्भावना वढि रहन्छ । यसरी जोडदाको फाइदा
5. Online Storage अहिले आएर online अर्थात ईन्टरनेट मा पनि डाटालाई सुरक्षित राख्न सकिने हुन्छ । यदी आफ्नो कम्प्युटरको डाटा बिग्रेमा ईन्टरनेटमा गएर डाउनलोड गरि पुण प्रयोग गर्न सकिने हुन्छ । त्यस्कोलगी इन्टरन्यासनल storage वेबसाईटहरु निकै पाईन्छ (जस्तै मा www.4shared.com, rapidshare.com, www.ziddu.com , Mozy.com,
माथि उल्लेखित सबै प्रविधि घरमा अथवा सानो अफिसमा साधारण तरिका बाट डाटालाइ व्यकअप गर्ने प्रविधिहुन भने ठुलो कम्पनी अथवा ठुलो अफिसको लागि व्यकअप गर्ने प्रविधि अन्य रहने हुन्छ ।
तर जस्तो जे भएपनी केही हुनु भन्दा पहिले नै यदी तपाईंले बिचार पुर्याउनु भएमा गर्हो हुँदैन नत्र भने कसलाई भन्ने र के गर्ने ? त्यात्रो दिन लगाएर गरेको दुख खेर जाने हुन्छ । हुन त अहिले सफ्टवेरहरु पाईन्छ जस्ले डिलिट तथा फरम्याट भएको ड्राइभ बाट पनि डाटा निकल्न मिल्छ तर केही यस्तो समस्य हुन्छ जस्लाई यस्तो सफ्टवेरमार्फत पनि निकाल्न नमिल्ने हुन्छ । जस्तैमा हार्डडिस्क पुर्णरूपमा बिग्रेमा, हार्डडिस्क टुट/फुठ भयमा । आन्यथा तपाईंको हार्डडिस्क्लाई केही नगरि(केहि लेख्ने तथा मेटाउने नगरी) तल दिएको सफ्टवेरबाट रिकोभर गर्न सकिन्छ । तर जे जसो भने पनि रोग लगेपछी दबाइ गर्नु भन्दा रोग लग्न नै नदिनु राम्रो हुन्छ । साथै लाग्ने भय पनि त्यसको बिकल्पहरु पहिले नै सोच्नु बुद्धिमानी मानिन्छ हैन र?
डाटा recover गर्ने सफ्टवेरकोलागि याहाँ किल्क गर्नुहोस ।
Hasayo !! bro le